नयाँ नागरिकता संशोधन कानुन लागु भएसँगै भातरमा व्यापक विरोध पदर्शन जारी छ ।
देशका विभिन्न राज्यमा आन्दोलन चर्किरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले राजधानी सहर दिल्लीमा मोबाइल, एसएमएस र इन्टरनेट सेवा काटिदिएको छ । विरोध चर्किँदै गएपछि दिल्लीको लाल किल्ला इलाकामा धारा १४४ लागु गरेर प्रदर्शन रोक्न खोजेको छ । तर धारा १४४ लागु गरिनुका बावजुद दिल्लीमा प्रदर्शन रोकिएको छैन । यसक्रममा कयौँ मानिसलाई प्रहरीले हिरासतमा लिएको छ ।
त्यसलगत्तै टेलिकम कम्पनी एयरटेलले राजधानी दिल्लीका केही भागमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गरिदिएको हो। एयरटेलका अधिकारीले एनडिटीभीलाई बताए अनुसार सरकारको आदेशमा दिल्लीका केही इलाकामा भ्वाइस, एसमएसए र इन्टरनेट सेवा बन्द गरिएको हो। यी सेवा सरकारकै आदेशमा सुचारु गरिने जनाइएको छ ।
नागरिकता संशोधन बिल लोकसभाबाट ९ डिसेम्बर २०१९ मा पास भइसकेको छ । ११ डिसेम्बर,२०१९ मा राज्यसभामा गृह मन्त्री अमित शाहले पेश गरेको बिल पास भएसँगै भारतमा हंगामा भएको हो । यो बिल पास भएर नागरिकता संशोधन कानुन बनिसकेको छ ।
यसको विरोधमा असम, बंगालसमेत देशका कयौँ राज्यमा विरोध प्रदर्शन तीव्र हुँदैछ । १५ डिसेम्बरमा यस कानुनको विरोधमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । यस प्रदर्शनमा केही विद्यार्थी र प्रहरी घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।