त्रिविका ७० हजार विद्यार्थी दिक्षित




त्रिभुवन विश्वविद्यालयका ७० हजार विद्यार्थी दिक्षित भएका छन् । बिहीबार पुलचोक इन्जिनियरिङ कलेजको प्रांगणमा दिक्षान्त समारोह आयोजना गरेको थियो । तर, १० हजार विद्यार्थीले मात्र दिक्षान्तको फाराम भरेका थिए ।

दिक्षान्त समारोहमा विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधिक मन्त्री गिरिराजमणि पोखरेलले भने, ’विश्वविद्यालयबाट धेरै विद्यार्थीले प्रमाणपत्र लिएपनि यहाँको शिक्षा स्तरिय नभएको धेरैको गुनासो छ । यसका लागि विश्वविद्यालय प्रशासन गम्भीर हुनुपर्छ ।’

पोखरेलले गुणस्तरीय र निःशुल्क शिक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले संविधानमा मौलिक हकअन्तर्गत कक्षा आठसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क हुने उल्लेख छ ।

तर निःशुल्क शिक्षाको कानुनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन । पोखरेलले भने, ’विस्तारै संविधानको लाइन अनुसार काम गर्दैछौं ।’ शिक्षालाई सेवामुलक बनाउने अभियानमा सरकार रहेको पनि उनले बताए ।

विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले बजेट अभावमा त्रिविको शैक्षिक, भौतिक तथा प्रशासनिक कामलाई चुस्त बनाउन नसकिएको गुनासो गरे । कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहको विभिन्न सङकायमा उत्कृष्ट भएका विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्