छुट्टाछुट्टै सवारी दु’र्घटनामा परी पाँच जनाको मृ’त्यु



दाङको तुलसीपुर उपमहानगरपालिका ५ गोदाम घर नजिकै रा.१ त १४३५ नम्बरको ट्याक्टरले ठ’क्कर दिँदा बिहीबार बिहान पैदलयात्री सोही उपमहानगरपालिका ७ शिवनगर बस्ने १२ वर्षीया बिजिता केसीको मृ’त्यु भएको छ ।

ट्याक्टरको ठ’क्करबाट ग’म्भीर घा’इते भएकी केसीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटनामा घा’इते भएकी सोही ठाउँ बस्ने १४ वर्षीया मनिषा वलीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवास्थित सडकमा एसके ०१ पिबी ३०६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दु’र्घटना हुँदा बोलेरोमा सवार उदयपुरगढी गाउँपालिका ३ घर भई मोरङ पथरी बस्ने ६१ वर्षीय टिक नरायण श्रेष्ठ लगायत ३ जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ ।

दु’र्घटनामा घा’इते भएका मोरङ पथरी शनिश्चरे नगरपालिका ४ बस्ने ३५ वर्षीय टिकाराम श्रेष्ठको कटारी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटनामा घा’इते भएका अन्य ४ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि नोवेल अस्पताल विराटनगर मोरङतर्फ पठाइएको छ । दु’र्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्