सुराकी नगर्न चेतावनी दिदै विप्लवले दुई प्रहरी फिर्ता पठायो




विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर छाडेको जनाएको छ ।

पार्टी कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा सुराकी गर्न आएको भन्दै केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति मार्फत बताए ।

उनीहरूलाई अब आईन्दा पार्टीको कार्यक्रम र नेता कार्यकर्ताको पिछा नगर्न चेतावनी दिदै स्थानीय जनताको सहभागीतामा छाडिएको राई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा पार्टी,नेता र कार्यकर्तालाई सुराकी गरेमा ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्