फोहोर गर्नेले नै सफा गर्ने बानी बसाल्न मेयरको आग्रह



निमु सगंम घर्ती,
घोराही, १५ कार्तिक।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले फोहोर गर्नेले नै सफा गर्नुपर्ने बताउनुभएको छ । उपमहानगरले पाक्षिकरुपमा गर्दै आएको सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले फोहोर एउटाले गर्ने तर सफा अर्को नगर्ने बताउनुभयो ।

दिपशिखा चोक र शिद्धरत्न टोलमा सरसफाई गरिसकेपछि आयोजित कार्यक्रममा नगर प्रमुख चौधरीले आफ्नो घर, आगन र घर अघिको सडक सफा राख्ने जिम्मेवारी घरधनीको भएको बताउनुभयो । तर आफुले गरेको फोहोर अरुले नै गर्दिओस भन्ने भावना हटाउन उहाँले नगरबासीलाई आह्वान गर्नुभएको छ ।

सरसफाईलाई ईज्जत र पहिचान सँग जोडनु पर्ने भन्दै उहाँले अब सबै टोल विकास संस्थाहरुले टोलको सफाई गर्ने र उपमहानगरले अनुगमन गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सरसफाई नै असल संस्कार भएको भन्दै आफुले गर्ने फोहोरलाई आफैले सफाई र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

सिद्धरत्न टोल विकास संस्थाका अध्यक्ष भरत न्यौपानेले आफुहरु टोललाई सफा राख्न प्रतिबद्ध रहेको बताउनुभयो । सरसफाईको नमूना उदाहरण देखाउन आफुहरु प्रतिबद्ध रहेको भन्दै उहाँले गल्ने र नगल्ने फोहोर व्यवस्थापनमा उपमहानगरलाई सघाउने समेत बताउनुभयो ।

सरसफाई कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सिता न्यौपाने, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, उपमहानगरका कार्यकारी अधिकृत ऋषिराम केसी, दाङ जिल्ला उद्योग बाणिज्य संघका प्रतिनिधी, टोल विकास संस्था तथा नेपाल प्रहरीको सहभागिता रहेको थियो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्