सिराहामा वृद्ध वृद्धाहरुलाई जाडोबाट बच्न सिरक वितरण



महेश सिंह
सिराहा सिराहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ कबिलासीमा वृद्धवृद्धा, अपांग,जेष्ट नागरीक तथा विधवा महिलालाई वडा कार्यालयद्धारा १ सय ६० जनालाई सिरक वितरण गरीएको छ ।

साविकको कबिलासी गाविसको १ देखि ९ सम्मको सम्पुर्ण वडाका वृद्धवृद्धा, अपांग,जेष्ट नागरीक तथा विधवा महिलालाई जाडोबाट बच्न सिरक वितरण गरीएको सम्बन्धित वडाका वडा अध्यक्ष राम लोभित यादवले बताएका छन । सदा जिवन उच्च विचार सम्मानित कार्यक्रम अन्र्तरगत प्रदेश ५ प्रमुख धर्मनाथ यादवको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रम बोल्दै प्रदेश ५ का प्रमुख यादवले भने सम्मान २ प्रकारको हुन्छ एउटा राम्रो कामको सम्मान र अर्को पिडितहरुको सम्मान अहिले जाडोबाट पिडित भएका व्यत्तिहरुको एउटा न्यानो सिरकबाट सम्मान गर्नु एउटा ठुलो कुरा हो । सिरकबाट सम्मानित भएकाहरुलाई यो सिरक कम्तिमा ५ वर्ष सम्म लानु तथा यसलाई हिफाजत साथ राख्नु सिरक वितरण गर्दै प्रदेश प्रमुख यादवले सबैलाई आग्रह पनि गरेका थिए ।

कार्यक्रममा १ सय ६० जनालाई १२ सयको दरले पर्ने सिरक वितरण गरेको हो । सिरक पाउनेमा अपांग तर्फ पुनिता कुमारी यादव,निर्माला कुमारी पंडित, रिना कुमारी यादव रहेका छन । सिरक पाएर मायादेवि मण्डलले भने हामी एकदमै खुशी भएको छौ यहिले सम्म कसैले पनि यस्तो किसिमको काम गरेको थिएन ।

कार्यक्रममा सुखिपुर नगरपालिका नगर प्रमुख राम अवतार यादव,प्रमुख प्रशासकिय अधिकृत श्रीराम जोशी,वडा अध्यक्षद्धोय रमेश कुमार ठाकुर, बिरेन्द्र महतो, राम भरोस साह, जिवछ यादव लगायत अन्य नेताहहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रम वडा नमबर ४ का वडा अध्यक्ष राम लोभित यादवको अध्यक्षतामा सम्पनन भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्