मलेसियामा बन्दी जीवन बिताएका सातजना नेपाल फिर्ता



जनउद्धार केन्द्रले विभिन्न समय र स्थानहरुबाट सात जना बन्दी जीवन बिताएका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको छ।।

जुरु क्याम्प पेनाङ्ग बाट नवलपरासीका भिम बहादुर थापामगर , रामेछापका चक्र बहादुर तामाङ्ग , नुवाकोटका ठाकुर तामाङ्ग , र सप्तरिका कृष्ण सरदार गरी चारजना मलिण्डो एयरलाइन्सबाट आज मिति १९ डिसेम्बर २०१९ बेलुका ७.१० को उडानमा स्वदेश फर्केका हुन ।

यस्तै गरी सोही मितिमा जोहोरबारुको पकनानस क्याम्पबाट सिराहाका प्रमोद कुमार यादब पनि घर फर्केका छन । उनको घरफिर्ती प्रक्रिया देखि सम्पुर्ण लागत जनउद्धार केन्द्र को आर्थिक कोषबाट गरिएको हो ।

१३ डिसेम्बरको दिन जाजरकोटका गोकर्ण बहादुर परियारलाई एअरपोर्ट लोकापबाट उद्धार गरी स्वदेश फर्काउन मद्दत गरिएको थियो भने , १८ डिसेम्बरको दिन सल्यानका नवीन परियारलाई ब्लान्तिक क्याम्पबाट उद्धार गरिएको थियो ।
उनिहरु सकुसल आफ्नो परिवारजनसंग पुगेको जानकारी गराएका छन् ।

नेपाली दाजुभाइलाई स्वदेश फर्काउन सहयोग गर्नुहुने नेपाली दूतावास मलेसियालाई जनउद्धार केन्द्र परिवारले धन्यवाद ब्यक्त गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्