दाङ
बबई गाउँपालिका स्तरीय एन प्याब्सनको आयोजना तथा पिपुल्स ल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुलको संयोजनमा बिहिबार विविध कार्यक्रम सम्पन्न भएको छ ।
बबई गाउँपालिका स्तरीय एन प्याब्सनका अध्यक्ष बालकृष्ण केसीको अध्यक्षता एवम एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डाँगीले नीजि विद्यालयहरुले पछिल्लो चरणमा पढाईका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत अब्बल जनशक्ति उत्पादन भइरहेको र नीजि विद्यालयलाई सरकारले हेर्ने दृष्टिकोण र व्यवहार समेत फरक भएको बताउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु एन प्याब्सन दाङका उपाध्यक्ष भोजराज न्यौपाने, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष एवम पिपुल्स ल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुलका अध्यक्ष ज्ञानप्रसाद आइतबारे लगायतकाले मन्तव्य राख्नुभएको थियो । विद्यालयका शिक्षक गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संयोजन गरेको पिपुल्स ल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुलका प्रधानाध्यापक शान्त बस्नेतले गर्नुभएको थियो भने बबई गाउँपालिका भित्र रहेका संस्थागत विद्यालयका शिक्षकहरु बिच फुटसल प्रतियोगिता त्यसैगरी प्रावि स्तरीय चित्रकला, अक्षर लेखन प्रतियोगिता सम्पन्न भएको छ भने शिक्षिकहरुबिच टपरी खुट्ने प्रतियोगिता सम्पन्न गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।