उत्तम कुमार थापा , बझाङ । बझाङ जिल्लामा स्थानीय तहका सरकारी गाडी तथा मोटरसाईकहरुको दुरुपयोग हुँदै आएको छ । जिल्लामा स्थानीयतहको निर्वाचन २०७४ सम्पन्न भए पछि १२ वटा स्थानीय तहहरु रहेकम छन । जिल्लामा २ वटा नगरपालिका १० वटा गाउँपालीका गरि जम्मा १२ स्थानीयतह रहेको स्थानमा सरकारी गाडी पाटीका कार्यक्रता तथा स्थानीयतहका बाईकहरु जनप्रतिनिधिका आसेपासे र छोराछोरीले प्रयोग गर्दै आएको स्थानीय हरुको जनगुनासो छ ।
अहिले जनप्रतिनिधिहरु तथा वडा अध्यक्षले चलाउदै आएका अधिकाशँ मोटरसाईकलहरु जनप्रतिनिधिका छोराको हातमा देख्न पाईन्छ । कतिपय सरकारी गाडीहरु त जथाभावी समय विपरीत प्रयोग गरेको देख्न पाउँदा सरकारी साधानको अनावश्यक दुरुपयोग गरिरहेका जनसमुदायहरुको भनाइ छ ।
यसरी सरकारी गाडीको दुरुपयोग हनाले कतिपय स्थानीय तहका वडा अध्यक्षले त बर्षको २० हजार देखि लिएर ५० हजार सम्म मर्मत खर्च लिएको देख्न पाईन्छ । यसरी जनताको विकासका नाममा आएको लाखौं बजेट जनप्रतिनिधिका छोरा छोरीले चलाएको सरकारी बाईक अर्थात मोटरसाईकलमा खर्च भएको देख्दा जनसमुदाय अचम्मित भएका छन ।
सरकारले सहजै जनसमुदायले सेवा पाउनु पर्छ ,र जनप्रतिनिधिलाई सजिलो होस भन्ने हेतुले किनेका कतिपय जनप्रतिनिधिका बाईकहरु तिनका छोरा छोरीले र आसेपासेले दुरुपयोग गरेका गाडीहरु स्थानीय तहका दुरदराजमा मात्र हैन । सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिकामा देख्न पाउँदा बजारको बिच चौराहमा कचहरी चल्न्ने गर्दछ ।
कतिपय स्थानीयतहका जनप्रतिनिधिले आफ्ना छोराछोरी र आसेपासेको हातमा सरकारी गाडी दिदा अहिले गाउघर र बजारहरुमा चर्को आलोचना हुने गरेकोे छ । सँगसँगै सरकारी गाडीहरु ट्राफिक प्रहरीले पनि चेकजाँच नगर्दा विना लाईसेन्स नै सरकारी गाडी बझाङ जिल्लामा मात्र हैनन अन्या स्थानमा पनि राजस्व छल्दै आएका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।