आर्थिक समृद्धिको आधा खुट्किलो नै सहकारी



सैघाली खबर
दाङ, १५ कार्तिक । व्यक्ति–व्यक्ति वाट पुँजी संकलन गरी मुलकको आर्थिक समृद्धिमा टेवा पु¥याउने काम नै बचत सहकारीले गरेकाले मुलुकको आर्थिक समृद्धिको सहयात्रा अर्काे नाम सहकारी रहेको एक कार्यक्रमको वक्ताहरुले बताएका छन मजदुर उपभोक्ता सहकारी संस्था घोराहीको छैठौ साधारण सभा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । ‘एकका लागि सवै, सवैका लागि एक ’ भन्ने मुलमर्म लाई आत्मसाथ गर्दै हरेक व्यक्तिको सहकार्यमा खोलिएका साना पुँजीका सहकारीले ग्रामिण क्षेत्रको आर्थिक सुधारमा हरेक व्यक्तिमा आर्थिक बचतको महत्व देखाउदै आईरहेको कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।

संस्थाका अध्यक्ष साउने नेपालीको अध्यक्षता एंव राष्ट्रिय सहकारी वंैकका प्रमुख नारायण बेल्वासेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम लाई सम्वोधन गर्दै प्रमुख अतिथि बेल्वासेले ‘सहकारी पनि आर्थिक समृद्धि एक आधार हो । ’ जसले छरिएर रहेका वा सानो कमाई गर्ने श्रमिकहरुको बचत लाई आर्थिक सुधार र बचतका लागि प्रोत्साहन गर्दै आर्थिक शशक्तीकरणमा मजवुत बनाउने प्रयास गरेको उहाँले बताउनुभयो ।

]त्यस्तै कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न. १४ का वडा अध्यक्ष शक्तिारमक डाँगीले गर्ने बानी नै समृद्धिको आधार रहेकाले कमाएको सक्दो रकम बचत गर्ने सोचको विकास गर्नुपर्ने बताउनुभयो । ‘मुलुकको अर्थतन्त्रमा परनिर्भर अर्थतन्त्रका चलेकाले उल्लेख गर्दै एक–एक वाट सय हुने भन्दै आजको सानो बचत भोलीको ठुलो लगानी बन्न सक्ने बताउनुभयो । सानो बचतको लगानी नै भोलीको राष्ट्र निर्माणका लागि सघाउ पुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै वडा न. १३ का अध्यक्ष रविाल घर्तिले मजदुर वा श्रमिकहरुले श्रम गरी स्थापना गरेको बचत सहकारी भोली लगानीकर्ता सहकारीका रुपमा विकास गर्न सफल होस् भन्दै शुभकामना दिनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघको अध्यक्ष सविन प्रियासन लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य कृष्ण भण्डारीले कुल आम्दानी ९ लाख ४० हजार रहेको र हाल सम्मको बचत ३ लाख ९० हजार ६ सय ५० रुपैयाँ रहेको जानकारी दिनुभयो । भने खर्च ५ लाख ६३ हजार रहेको छ । उपाध्यक्ष जगत दलामीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण नविन अभिलाषीले गर्नुभएको थियो । भने संस्थाको साँगठनिक प्रतिवेदन सचिव बाबुराम पाण्डेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्