मनोनयन दर्ताको सवै तयारी पुरा



सैघाली खबर

दाङ, १५ कार्तिक । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरुले भोली उम्मेद्वारी दिदै छन । विहान १० वजेदेखि बेलुका ५ वजे सम्म दलहरुले आ–आफ्ना उम्मेद्वारी ‘मनोनयन ’ दर्ता गराउने गराउने छन । मनोनयन दर्ताका लागि जिल्लाको सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विहान १० देखि बेलुका ५ बजे सम्म हुने मनोनयन दर्ताको सम्पुर्ण तयारी संगै सुरक्षा व्यावस्था, कर्मचारी व्यावस्थापन र प्राविधिक तयारी पनि पुरा भईसकेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘ मनोनय दर्ताको तयारी संगै अन्य व्यावस्थालाइ पनि सुरक्षित बनाईसकेका छौ । ’

समय सुरु भए संगै मनोनयन दर्ताको काम सुरु हुनेछ । मुख्य निर्वाचन अधिकृत रावलले दलहरुले छुट्टा–छुट्टै सयम माग गरेर मनोनयन दर्ता गर्ने तयारी गरेका छन । मनोनयन दर्ताको जनमास लाई व्यावस्थीत गर्न पनि दलहरु लाई अपिल गरेको छौ ।

मुख् निर्वाचन अधिकृतका कार्यालय भन्दा अलि टाढा भिड लाई व्यावस्थापन गरी सहज र शान्तिपुर्ण मनोनयन दर्ता गरी सहयोग पु¥याउन पनि आग्रह गर्नुभयो । उम्मेद्वार ,प्रस्ताव र समर्थक वाहेक भित्र प्रवेश गराई अन्इ लाई वाहिरै राख्ने व्यावस्था पनि गरिएको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्