धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक १८.२३ विन्दुले घटे्को छ। अघिल्लो साताभर उकालो लागेको परिसूचक यस साता भने ओरालो लागेको हो ।
आइतबार एकहजार १ सय ६७.८७ को बिन्दुबाट सुरु भएको कारोबार साताको अन्तिम कारोबारका दिन सम्म आइपुग्दा १८ अंकले घटेर १ हजार एक सय ४९.६५ को पुगेको छ ।यो साता नेप्से परिसूचक ओरालो लागेसगैँ कारोबार रकम पनि घटे्को छ ।
अघिल्लो साता कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर रु दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ मूल्यमा खरिदबिक्री भएका थिए ।यस साता भने १७५ कम्पनीको ६५ लाख २१ हजार ३४ कित्ता शेयर खरिद बिक्री हुदाँँ २ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन नेप्से ४.७८ अंकले बढे्को थियो भने त्यस दिन त्यस दिन कारोबारमा आएका १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता सेयर खरिदबिक्री हुँदा ६८ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
त्यस्तै सोमबार परिसूचक अत्याधिक १३ अंकले घटे्को थियो । त्यस दिन कूल १७१ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख मूल्यमा खरीद बिक्री भएका थिए ।त्यस्तै साताको तेस्रो दिन भने नेप्सेमा झिनो सुधार आएको थियो । १.२६ अंकले नेप्सेमा सुधार आएपनि त्यस दिन कारोबार रकम भने घटे्को थियो ।
मंगलबार १६७ कम्पनीको ८ लाख ४० हजार ६७७ कित्ता सेयर किनबेच हुदाँ २७ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।त्यस्तै साताको चौथोँ दिनबाट पुन: परिसूचक ओरालो लाग्न थाल्यो । परिसूचक ३.३१ अंकले तल झरेको त्यस दिन ९ लाख ४७ हजार ८५३ शेयर किन बेच हुदाँँ २९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै साताको अन्तिम कारोबारका दिन बिहिबार नेप्से २.४३ अंकले घटे्को थियो । परिसूचक ओरालो लागे पनि अघिल्लो दिनको तुलानामा कारोबार रकम भने बढे्को थियो ।त्यस दिन १२ लाख ८९ हजार १३४ कित्ता शेयर किनबेच हुदाँँ ४१ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।