दाङ
नेपाल पत्रकार महासंघ दाङ शाखाले आज २७ औँ स्थापना दिवस मनाएको छ । पौष एक गते रक्तदान, दुइ गते क्रिकेट प्रतियोगीता र तीन गते पत्रकारहरुको आँखा जाँच गरी यस अघि तीन दिन कार्यक्रम गरेको पत्रकार महासंघले शुक्रबार पत्रकार, सञ्चार माध्यम र अक्षकोष स्थापनाकर्ताहरुलाई सम्मान एवं पुरस्कृत गरेर स्थापना दिवस मनाएको हो ।
पत्रकार महासंघले १८ जना पत्रकार र ३ सञ्चार माध्यमलाई पुरस्कृत गरेको छ । यस वर्ष प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचना गौतम, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार शिबु खनाल, महिला सिर्जनशिल पुरस्कार निरला अर्याल र प्रोत्साहन पुरस्कार अमृता भुसाललाई प्रदान गरेको छ ।
यसैगरी रोशन स्मृति पत्रकारिता पुरस्कार सुनिल पोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठा पत्रकारिता पुरस्कार छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कार केदार खत्री, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार अमर क्षितिज भण्डारी र ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार ऋषि यादवलाई प्रदान गरिएको छ । साथै जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार चेतन रेग्मी, लोककुमारी स्मृति पत्रकारिता पुरस्कार उदिराम चौधरी र दुर्गा टिका स्मृति पत्रकारिता पुरस्कार निराजन डाँगीले प्राप्त गर्नुभएको छ ।
यसैगरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कार प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृति पत्रकारिता पुरस्कार गणेश आचार्य र नदिन स्मृति पत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई प्रदान गरिएको महासंघले जनाएको छ ।चिन्तामणि जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी लाई पुरस्कृत गरिएको हो ।
त्यस्तै पत्रकार महासंघले राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईनलाई संस्थागत पुरस्कार प्रदान गरेको छ । पुरस्कार अक्ष्यकोष स्थापना गर्ने शारदा शर्मा र होताराम अधिकारीलाई सम्मान गरेको छ । पुरस्कृत पत्रकारहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको छ ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं महासंघका संस्थापक बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाँको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको
हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।