मुख्य समाचार

चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।।

By थाहा अनलाइन

May 30, 2017

जेष्ठ,१६

निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको छानविन सुरु गरेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी रहँदा केही व्यक्तिले मतपत्र च्यातेको विषयमा छानबिन गर्न आयोगले तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा हिजो बसेको बैठकले सत्यतथ्य बुझी प्रतिवेदन पेस गर्न आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको हो, त्यो अनुगमन टोलीस्ले हिजोबाट नै काम सुरु गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो । समितिका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी नायब महानिरीक्षक रहनुभएको छ । भोलिसम्म मतगणना रोकिएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले अलग–अलग प्रतिवेदन आयोगमा पठाउनुभएको छ । छानविन टोलीले सत्यतथ्य बुझी जेठ १७ गतेभित्र आयोगमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ ।