सामाजिक न्यायको फोरम बनोस् ‘मञ्च’ ः चौधरी



सैघाली खबर 
दाङ, १५ कार्तिक । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले मिडिया मञ्च नेपालको उद्घाटन गर्दैै उक्त मञ्च सामाजिक न्यायको फोरम बन्नुपर्ने बताउनुभएको छ । बुधवार दाङको घोराही समुद्घाटन गर्दै प्रमुख चौधरीले सामाजिक विभेद, विकृती र गतिहिनताको अन्त्य गर्दै आवाज विहिनहरुको आवाज बन्नु पर्ने बताउनुभयो ।

सञ्चार माध्यम, अधिकारकर्मि र सम्वन्धीत निकायहरुका देख्न नसकेको नागरिक चाँसो रहेका विषयवस्तुहरु लाई मञ्चले सवाल उठान गरी सामाजिक चाँसोको विषयलाइ समाधान गर्नमा मद्दत पु¥याउन बताउनुभयो । मिडिया मञ्च नेपालका अध्यक्ष आजात खड्का अध्यक्षता एंव घोराही उपमहानगपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका सचिव उदय जिएमको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौधरीले समाज रहेका र सम्वन्धीतहरु देख्न नसकेको अन्याय, अत्याचार, ढिलासुस्ती, विकृतीको फोरम बन्नुपर्ने बताउनुभयो । कतिपय सार्वजानिक सवाल क्षेत्रहरु छरपष्ट्र, विकास निर्माणमा ढिलासुस्ती, सामाजिक अन्याय, लैगिक तथा जातिय विभेद जस्ता सामाजिक क्षेत्रलाई लाई मञ्चले मञ्च प्रदान गरी जनप्रतिनिधिहरुको चाँसो विषय बनाउनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव उदय जिएमले दाङले सवाल उठानको मञ्चको अभाव खेपिरहेका समयमा मञ्च स्थापना गरी दाङको विकास र समृद्धिमा निकै देखाउन सक्ने भन्दै शुभकामना दिनुभयो । उहाँले भन्नुभयो मञ्चले स्तरिय नेता र पार्टी लाई भन्दा आवाज विहिनहरुको आवाज वन्दै उनीहरुको न्यायमा काम गर्न पनि अपिल गर्नुभयो ।

कतिपय बालबालिकाहरु सडक जीवन विताई रहेका छन । लैगिक विभेदमा परेका हिंसा पिडित महिलाहरु अझै न्यायका लागि भौतारिरहेका छन । मञ्चले त्यस्ता अन्यायमा पिडामा वाँचेकोहरु लाई मञ्च प्रदान गरी न्यायका लागि पहल गर्न समेत उहाँले आग्रह्र गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साहुत, महिला मानव अधिकार रक्षक संजालकी केन्द्रिय सदस्य लक्ष्मी आचार्य, प्रेस युनियन दाङकी उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस सेन्दर नेपालका प्रदेश न. ५ का सचिव गणेश वंली र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणपसाद भुषाल लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मिडिया मञ्च नेपालका उपाध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रिता लामाले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्