तुलसीपुर
प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन निर्माण समितिका संयोजक दामा शर्माले सामुदायिक विद्यालयको सुधारकालागि सरकारले योजना अघि बढाएको बताईन् ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ दुबीचौरमा शुक्रबारदेखि शुरु भएको शान्तिनगर र दंगीशरण गाउँपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता तथा बाल भेला कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताईन् ।
समाजमा वातावरणीय शिक्षाको विकास (सीड), शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, माबि तुलसीपुरलगायतको आयोजनामा तीन दिनसम्म चल्ने उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले अहिले भर्खरै ल्याएको शिक्षा नीतिले सामुदायिक विद्यालयको गुणस्तर बढ्ने बताईन् । अब निजि विद्यालयका विद्यार्थीहरु सामुदायिक विद्यालयमा आउने अबस्था सिर्जना हुने उनको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्य बिमला ओलीले विद्यार्थीको शिक्षासंगै शारिरीक र बौद्धिक विकास हुने बताईन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।