अमृत भट्टराई, पर्वत । पर्बतको बिहादी गाउँपालिका वडा नम्बर ३ स्थित नेपालतारा माध्यामीक बिद्यालयमा शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ |
सामुदायिक प्रहरी हुवासले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य बिष्णुमाया पौडेलको प्रमुख आतिथ्यता रहेको थियो | कार्यक्रममा प्रहरी निरीक्षक बिजय कुमार शिंहले लागूऔषध दुर्व्यसनीबाट समाजमा पर्ने नकारात्मक असरहरु र सडक सुरक्षा सम्बन्धि जानकारी दिनुभएको थियो |
सामुदायिक प्रहरी हुवास का अध्यक्ष लालबहादुर प्रधानको अध्यक्षता र नेपालतारा माध्यमिक विद्यालयका शिक्षक गुणबहादुर सुनार ले संचालन गर्नुभएको कार्यक्रममा बिहादी ३ का वडा अध्यक्ष रणबहादुर आले,वडा नम्बर २ का अध्यक्ष ओमप्रशाद कुँवर लगायतका जनप्रतिनिधि ,राजनैतिक दलका प्रतिनिधि,पत्रकार,नेपालतारा माबि र आम्बरी माबि का शिक्षक विद्यार्थी,सर्बसाधारण लगायतको उपस्थिति रहेको थियो |

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।