जन्मदिन मनाउने सबैको आ-आफ्नै शैली हुने गर्छ, कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्म दिन मनाउने गर्छन भने कोही बाहिर घुम्न जाने रमाइलो गर्ने आदि । तर स्याङ्जाको बिर्घा स्थायी घर भइ हाल बुटवलमा बस्दै आएका गणेश पाण्डेले भने फरक तरिकाले आफनो जन्मदिन मनाएका छन् ।
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ पाण्डेले सडकका सहयोग अपेक्षी मानवको उद्धार, संरक्षण र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन समेत गराउदै आइरहेको मानवसेवा आश्रम बुटवलको संरक्षणमा रहेका ५० जना मानिसहरुलाई एक छाक खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा बेसाहारा बनेका बुबा आमा, दाजुभाईहरूलाई केही सहयोग गरौँ भन्ने लाग्यो र जन्म दिन मनाउने नयाँ चलनलाई परिमार्जन गर्दै सामाजिक र मानवताको सेवामा खर्च गर्ने निर्णय गरेको पाण्डेले बताए ।
पछिल्लो समय जन्मदिन, बिवाह, ब्रतवन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढेको पाहिन्छ त्यस्तो विकृति अन्त्य गर्न समेत उनले गरेको काम उदाहरणीय बनेको छ । पाण्डेले खाना खर्च बापतको रु ७ हजार ५ सय रुपैयाँ मानवसेवा आश्रमलाई हस्तान्तरण गरेका छन् ।
मानवसेवा आश्रम ५ नम्बर प्रदेश संयोजक शुशिला केसीले जन्मदिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै सबैले आफ्नो जन्मदिनमा अन्यथा खर्च गर्नुभन्दा यस्तै सामाजिक र रचनात्मक कामगरि दिए यसले समाजमा धेरै राम्रो सन्देश जाने बताईन । हाल यस आश्रमको संरक्षणमा ११० जना बेसाहारा मानिसहरु बस्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।