चीनको नेपाललाई सुझाव -रेल बिस्तारै, सडक तत्काल



काठमाडौं । चीनले सडक संजाल विस्तार गरेर तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ ।चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन संम्पर्क संजाल विस्तारका लागि सडम ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको हो ।

तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडगमार्गमार्फत ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले बताएको छ ।टोलीले अध्ययन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताए ।

क्रसबोर्डर रेलमार्ग निर्माण जटिल भौगोलिक अवस्थाका कारण ढिलाई र खर्चिलो हुने भएकाले पहिला सडक र नाका ब्यवस्थित गर्न सुझाव दिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

टोलीले सडक मर्मत र व्यवस्थित बनाउन चिनियाँ सहयोगका लागि पहल गर्ने आश्वासन दिएको बेइजिङस्थित एक उच्च अधिकारीले बताए। टोलीले यही विषयमा नेपाल सरकारसँग कूटनीतिक च्यानलमार्फत छलफल अघि बढाउने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्