हाम्रो मुलुक प्राकृतिक रुपले धनी देश हो: मन्त्री राय यादव



महेश सिंह , सिरहा । मन्त्री राय यादवले नेपाल मुलुक प्राकृतिक रुपले धनी देश भएको बताएका छन् ।  सिरहाको गोलबजारमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले नोपल मुलुक प्राकृतिक रुपले धनी देश भएकाले यसको संरक्षण गर्न प्रदेश सरकार पछि नपर्ने बताए ।
प्रदेश नम्बर( २ का कृषि मन्त्रालय सङ्ग सहकार्य गरेर किसानहरुका लागी जडिबुटी खेतीमा जोड दिन विभिन्न खालका कार्यक्रमहरुको प्याकेज मन्त्रालयले ल्याउने समेत उनले दाबी गरे ।

अर्को प्रसङ्गमा उनले भने माटोको क्षमता बढाउनका लागि रासायनिक मलको प्रयोग निशेध गर्नु पर्ने र आर्गा्निक मलमा जोड दिन किसानहरुलाई आग्रह गरे । माटो जिबनको आधार हो , वायु प्राण भएकाले माटो र बायुलाई संरक्षण गर्नका लागी एक जनाले कम्तीमा ५ वटा रुख रोप्नु पर्नेमा उनले जोड दिए ।

स्वस्थ्य जिवनयापनका लागि खानपिनमा सुधार गरेमा मानव सयौं बर्ष बाच्न सकिने प्रदेश नम्बर ( २ का उधोग पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश राय यादवले बताए ।यता सिरहाका सबै स्थानीय तहसंग समन्वय गरेर प्रत्येक घरको भान्सालाई प्राकृतिक औषधालय बनाउनका लागि मापदण्ड अनुसार १७ वटौ स्थानीय तहको टोल टोलमा अभियान संचालन गर्ने आयोजकले जनाएको छ ।

झापा जिल्लाको दमक नगरपालिकाबाट सो अभियानको सुरुवात भएको थियोे ।प्रकृति संग मेलखाने कुरा खाएमा शारीरिक र मानसिक दुबै रुपमा मानिस स्वास्थ रहने भएकाले जडिबुटी र फलफूल खेतिमा जोड दिन किसानहरुलाई आग्रह गरिएको छ ।

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल जिल्ला संगठन विस्तार कर्यसमिती सिरहाको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरि , प्रदेश अध्यक्ष ईन्द्र पाठक , गोलबजार नगरपालिका मेयर देबनाथ साह, धनगाडिमाई नगरपालिकाका मेयर हरिनारायण चैधरी, सरोकारवाला निकायका प्रतिनिधि लगायत पत्रकारहरुको सभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्