बाम गठबन्धन द्धारा दाङका लागि उम्मेदवार छनौट, क्षेत्र १ मेटमणी , २ कृष्ण,महरा र ३ मा हिराचन्द्र केसी 



सैघाली खबर

दाङ, १५कार्तिक । आगामी मंसिर २१ गते हुने प्रदेश तथा संघको निर्वाचनका लागि बाम गठबन्धन द्धारा दाङका लागि उम्मेदवार छनौट गरेको छ । नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त कार्यदलको बैठकले उम्मेदवार छनौट गरेको हो ।संघका लागि दाङ क्षेत्र नं. २ नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा, क्षेत्र नं १ बाट एमालेको तर्फबाट मेटमणी चौधरी, र क्षेत्र नं.३ हिराचन्द्र केसीको नाम टुङ्गो लागेको छ ।  त्यसका साथै प्रदेश निर्वाचनका लागि क्षेत्र नं २ क बाट शंकर पोखरेल, ख अम्मरबहादुर डाँगीको नाम सिफारिस भएको नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणी चौधरीले जानकारी दिनुभयो । साथै क्षेत्र नं १ क बाट माओवादी केन्द्रका ईन्द्रजित थारु ख बाट  एमालेका रेवती रमण शर्मा, नाम टुङ्गिएको बताएको छ । क्षेत्र नं  ३ क बाट जगप्रसाद शर्मा अपार ख बाट उत्तर कुमार ओलीको नाम सिफारिस भएको वताउनुभयो ।

 

उम्मेदवार छनौट गर्न काग्रेसलाई सकस 

नेपाली काग्रेसलाई उम्मेदवार छनौट गर्न सकस भएको छ । काग्रेसको जारी बैठकमा नेपाली काँग्रेसले दाङ क्षेत्र नम्बर १ मा पुर्व सांसद सुशीला चौधरी, २ बाट पुर्व सांसद राजु खनाल र ३ बाट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दिपक गिरीको नाम चर्चामा रहेको छ । यद्यपि, निर्णय भने काँग्रेसले गर्न सकेको छैन ।यस्तै काँग्रेसले प्रदेश तर्फबाट क्षेत्र नम्बर १ को कमा जानकीलाल बस्नेत, खमा प्रदिप शर्मा, प्रदिप थापा र प्रकाश चौधरीको नाम बैठकमा गएको छ । त्यसैगरी क्षेत्र नम्बर २ को कमा पार्टी पूर्वसभापति विरकेश्वरी गौतम र क्षेत्रीय सभापति खगराज पाण्डेमध्ये एक जनाले टिकट पाउने बताइएको छ ।यस्तै क्षेत्र नम्बर २ को खमा भरतबहादुर न्यौपाने र हरि रजौरियामध्ये एक जनाले टिकट पाउने सम्भावना रहेको छ । यसैगरी क्षेत्र नम्बर ३ को कमा श्रम राज्य मन्त्री डिल्लीबहादुर चौधरी र खमा बुद्धिराम भण्डारीको नामले चर्चा पाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्