उर्मिला यादव, सुनवल । पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा रहेको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुन नेपालस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन )ब्रान्ड प्राप्त गर्न सफल भएको छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ठ बितिय सुचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपाल स्तरको गुणस्तर मापदण्ड (प्रोबेसन )ब्रान्ड प्रदेश नम्बर ५ का १२ वटा सहकारी मध्ये लुम्बिनी साकोस छैठौ स्थान हासिल गर्न सफल भएको संस्थाका अध्यक्ष लेखनाथ खरेलले बताउनु भयो ।
उहाले प्रोबेसन )ब्रान्ड पाउने लुम्बिनी सोकोस अन्य सहकारी भन्दा अग्र स्थानमा रहेको जानकारी दिनु भएको छ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) को २८ औं वार्षिक साधारणसभामा शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष लेखनाथ खरेललाइ सो ब्राण्ड प्रदान गर्नु भएको हो । यस्तै गरी सुनवल नगरपालिकामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाले पनि प्रोबेशन बा्रण्ड प्राप्त गर्न सफल भएको छ ।
यस्तै गरी प्रदेश नं.५ का १२ सहकारीहरुले नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रमअन्तर्गत ५१ वटा सूचकहरु मूल्यांकन गरेपछि गुणस्तर सुनिश्चितताको प्रोबेशन ब्राण्ड दिने गर्दछ ।
प्रोबेशन ब्राण्ड प्राप्तिका लागि यसवर्ष देशभरका दुई सय सहकारीहरु प्रकृयामा रहेकोमा ४४ वटाले यस वर्ष प्रतिस्पर्धा गर्दा ३४ वटा सफल भएको नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले बताउनु भएको छ । ‘प्रोबेशन ब्राण्ड पाउन सहकारीको कारोबार सहितको प्रतिवेदन हरेक महिना सहकारी विभाग र नेफ्स्कुनमा पठाउनु पर्ने हुनछ ।
सहकारी विभागले सहकारीहरुको दिगो विकास, व्यवसायीकरण र गुणस्तर सुनिश्चितताका लागि २०७१ सालदेखि नेपालस्तरको यो ब्राण्ड प्रदान गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।