देशभर पश्चिमी वायुको प्रभाव, हुम्लामा हवाई सेवा प्रभावित



काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएका छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव र न्युनचापीय प्रणालीका कारण कर्णाली र सुदूरपश्चिममा शनिबार पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा दिउँसोतिर हल्का पानी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

तराईमा दिउँसोदेखि मौसम सफा रहने उनले बतए । तराईमा पश्चिमी वायुको प्रभाव घट्दै गएकाले शीतलहर पनि कम हुँदै गएको उनले बताए ।

हुम्लामा हवाई सेवा समेत प्रभावित

नौ दिनको अन्तरालमा हुम्लामा तेस्रो पटक हिमपात भएको छ । शुक्रबार दिनभरी बादल लागे पनि शनिबार बिहानबाट हिमपात सुरु भएको छ ।

शनिबार बिहान चार बजेदेखि मसिनो हिमपात हुँदा जमिन सेताम्मे भएको छ । यस अघिकै हिँउ नपग्लेको अवस्थामा फेरि हिँउ पर्न सुरु भएको हो ।

हिमपात भइरहँदा चिसो अत्याधिक बढेको छ । हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हवाई सेवा समेत प्रभावित बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्