सैघाली खबर
काठमाण्डौ, १५ कार्तिक ।
काठमाण्डौ कमलादीमा एक राउण्ड गोली चलेको छ। कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको हेरिटेज प्जालामा एक राउण्ड गोली चले पनि कोही घाइते नभएको प्रहरीले बताएको छ।
भने सोही हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय पेस्तोल र गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो।
प्रहरीका अनुसार उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ। प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।