उद्यमशिलता विना आर्थिक समृद्धि हुँदैन : मेयर पाण्डे



प्रेम विवश घर्ती

दाङ
तुलसीपुरमा गरिवी निवारणका लागी लघु उद्यम कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ । उद्यम तथा सामाजिक विकास मञ्च नेपालको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय दाङ को सहयोग मा शनिबार तुलसीपुरमा भएको कार्यक्रम भएको हो ।

उद्योग अधिकृत निमित्त प्रमुख उम बहादुर वलीको अध्यक्षा एवम् तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यता र तुलसपुर उपमहानगरपालिका की उप मेयर माया शर्मा आचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी घनश्याम पाण्डेले उद्यमशिलता विना आर्थिक समृद्धि नहुने बताउनुभएको छ ।

त्यस्तै उहाँले हरेक व्यक्ती उद्यमशिल र रोजगारि हुन सके गरिबीलाई शुन्य गराउन सकिने साथै वास्तविक व्यवसाय सञ्चालनको लागी पुजीको कुनै अभाव समेत नरहेको बताउनुभएको छ । साथै गरिवी निवारणको लागी तुलसीपुर उपमहानगरपालिकाले रणनिती तथा गुरु योजना अगाडी सारेको समेत बताउनुभएको छ ।

कार्यक्रमको निती को विषयमा लक्ष्मी चौधरीले जानकारी गराउनु भएको थियो । साथै तुलसीपुर नगर प्रमुखको संयोजकत्वमा नगर उद्यम विकास समिती समेत गठन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्