सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबको पहिलो जित



जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो ।

जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गरे । उनले खेलको १० औं मिनेटमा गोल गरे । पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो ।

जितसँगै जावलाखेलले २ खेलमा ४ अंक जोडेको छ । सरस्वतीको लगातार दोस्रो हार हो । अंक विहीन सरस्वती पहिलो खेलमा एनआरटीसँग ४ –० ले पराजित भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्