कानुनी कार्वाही गर्ने सहमती पछी घरपरिवार ले शव बुझे



दाङ
तुलसीपुर दाङ मा ट्याक्टरको ठक्करबाट गत विहिवार ज्यान गुमाएकी बालिकाको शव पोष्टमार्टम पछि शनिवार दिउँसो आफन्तीले बुझेका छन् ।

मृतकका बुवा विदेशबाट घर आईसकेपछि शनिवार पिडित पक्षहरु संग छलफल भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । दोषीलाई कानुनी अनुसार कारवाही गर्ने र पिडितलाई उचित न्याय दिने सहमतीमा पिडित पक्षले मृतक बालिकाको शव बुझेको प्रहरीले बताएको छ ।

गएको विहिवार विहान सल्यान सडक खण्ड अन्र्तगत गोदामघर नजिकै ट्याक्टरको ठक्करबाट तुलसी आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा तुलसीपुर ७ शिवनगर निवासी १३ वर्षिया बिजिता केसीको रा १ त १४३५ नम्वरको टेक्टर को ठक्करबाट घटना स्थलमै ज्यान गएको थियो ।

चालकको लापरबाहीका कारण घटना भएको भन्दै पिडित पक्षले दोषीलाई कडा कारवाहीको माग गदै शव बुझन मानेका थिएनन् । विद्यार्थीहरुले दुई दिन सम्म तुलसीपुर बजारमा सडक अवरुद्ध पारेका थिए । प्रहरीले ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिईसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्