टप फिचर

लागुऔषधसहित चारजना पक्राउ

By थाहा अनलाइन

December 21, 2019

लागुऔषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका ८ बस्ने ३६ वर्षीय गौमती सुनार, सिदार्थनगर नगरपालिका १ बेकहिया बस्ने २६ वर्षीय प्रकाश पुन, भारत जिल्ला महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षीय महबुब आलम र सोही स्थान बस्ने ३४ वर्षीय बालेश्रर प्रजापती रहेका छन् ।

कास्की प्रहरी टोलीले पोखरा २७ हमालचोकबाट उनीहरूलाई पक्राउ गरेको हो। लागुऔषध कारोबार भइरहेको छ भन्‍ने विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट जेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा डाइजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागुऔषध प्रहरीले बरामद गरेको छ।

साथै उनीहरूको साथबाट ११ हजार ४० भारतीय रुपैया र ३ हजार २४५ नेपाली रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका सबैजनामाथि लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।