नेकपा केन्द्रीय समितिको बैठक पुस २० गते बस्‍ने



नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठक पुस २० गते बस्‍ने भएको छ।

शनिवार बसेको नेकपाको स्थायी समिति बैठकले अदक्ष्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तवामा पुस २० गते केन्द्रीय समितिको बैठक राख्‍ने निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए ।

मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठक जारी छ । जारी बैठकमा शनिबार महासचिव विष्णु पौडेलले धारणा राखेका छन् । यसअघि २०७५ जेठ ३ गते बैठक बसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्