खेलकुदको विकास हुनु देशको समृद्धी हुनु हो : अध्यक्ष डागि



लक्ष्मण बस्नेत

दाङ

तुलसिपुर उपमाहानगरपालिका वडा न १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ सनिवार देखी पशुपति मा. बि.हरिपौरि मा सुरु भएको छ । शान्ती युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रम का प्रमुख अतिथी तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी (श्याम) ले गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै डागी ले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताउनु भएको छ । मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास हुनु देशको समृद्धी हुनु हो । अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक भएको डागी ले बताउनु भयो ।
खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभुमी दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्ने उहाँले बताउनुभयो ।

क्लब का अध्यक्ष कौशिक घर्ती को अध्यक्षता मा भएको कार्यक्रम्मा बिशिस्ट अतिथी अमर नेपाली ले वडा लाई खेलकुदको गन्तव्यका रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

वडा सदस्य मान बहादुर के.सि.को स्वागत रहेको कार्यक्रमको संचालन नवीन वलि ले गर्नु भएको थियो भने वडा अध्यक्ष कप प्रतियोगिता तीन दिन सम्म चल्ने र ८ टोल बिकास सस्थाका टिम को सहभागिता रहने छ । यसैबिच प्रतियोगिता मा तुलसिपुर १२ लामिडाडा टोल बिकास सस्था कचिली ले बिजयी सुरुवात गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्