उर्मिला यादव सुनवल
पश्चिम नवलपरासीको प्रतापुर गाउपालिकाले उखु किसानको समस्या प्रति चासो देखाउदै आज शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
बिगत तीन बर्ष देखि उखु किसानहरुले पाउनु पर्ने रकम हाल सम्म पनि नपाएको भन्दै गाउपालिकाले ध्यानाकर्षण भएको जनाएको हो । जिल्लामा संचालित लुम्बिनी चिनी कारखानाले ११ करोड , बागमती चिनी मिलले ९ करोड र इन्दिरा चिनीमिलले १४ करोड गरी कुल ३४ करोड भुक्तानी गर्न बाकी रहेकोले प्रतापपुर गाउपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तीमा बिगत बर्षहरुको बाकी भुक्तानी अबिलम्ब किसानहरुलाइ उपलब्ध गराइ मिल संचालनको बाताबरण मिलाउन सम्बन्धित सम्पुर्ण सरोकारवाला संग प्रतापपुर गाउपालिकाले अनुरोध गरेको छ ।
किसान प्रतिनिधि मिल संचालक एवं स्थानीय प्रशासन बीच पटक पटक भएको सम्झौता कार्यान्वयन नभएको अवस्थामा स्थानीय किसानद्धारा गरिएको अवरोध तथा तालाबन्दी प्रति गाउपालिकाको एक्बद्धता रहेको र समस्याको शान्ती पुर्ण समाधानका लागि पहल गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।