प्रदेश संसाद वलीद्वारा पश्चिम दाङमा पाँच करोडको खानेपानी योजना शिलान्यास



दाङ
प्रदेश ५ सरकारले शान्तीनगर र दंगिशरण गाउँपालिकामा करिब ५ करोड रुपैयाँमा खानेपानी योजना शुरु गरेको छ । शान्तीनगर गाउँपालिकाका ३ र ४, दंगिशरण गाउँपालिका वडा नम्बर ६ सम्म खानेपानीको पहँुच पुग्ने गरि प्रदेश सरकारबाट यसै बर्ष देखि शुरु हुने गरि बजेट बिनियोजन भएको हो ।

४ करोड ९९ लाख रुपैयाँको लागतमा गैरिखेत चिसापानी खानेपानी आयोजनाको प्रदेश सांसद बिमला वलीले शिलान्यास गर्नुभएको छ । प्रदेश सांसद वलीका अनुसार चालु आर्थिक बर्षबाटै काम हुने योजनाको ट्याङ्कि निर्माणका लागि ७० लाख रुपैयाँ र पाईप लाईन बिस्तार तथा ब्यबस्थापनका लागि १ करोड १७ लाख बराबरको ठेक्का प्रकृयामा अगाडी बढाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्