रमेश विश्वकर्मा
गुल्मी, नेपाल राहत शिक्षक जिल्ला कार्य समिति गुल्मीको दोस्रो अधिवेशनमा ईन्द्रबहादुर थापा सर्वसहमत अध्यक्ष भएका छन ।
अधिवेशनबाट सर्वसहमत रुपमा बरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, पुरुष उपाध्यक्ष सुरेन्द्र नेपाली, महिला उपाध्यक्ष सिता ज्ञवाली, विष्णु भण्डारी, सचिव कृष्णप्रसाद मरासिनी, सह–सचिव रामप्रसाद आचार्य, महिला सह–सचिव कुष्मा कुँवर र कोषाध्यक्ष केशर बहादुर केसी चयन भएका छन ।
त्यस्तै सदस्यहरु प्रदिप जिसी, जीवन मरासिनी, रामबहादुर खत्री, ढाँसीराम ज्ञवाली, कमल ताम्राकार, चिन्तामणी चालिसे, शंकर महत्रा, अशोक कुमार जिसी, विष्णुबहादुर राना चयन भएका छन ।
अधिवेशन प्रत्येक २/२ वर्षको अन्तरालमा हुने गर्दछ । यो भन्दा अगाडीको कार्य समिति रामबहादुर बस्नेतको अध्यक्षतामा रहेको थियो । अहिलेसम्म जिल्लामा ६ सय भन्दा बढि राहत शिक्षकहरु रहेका छन ।
जिल्लामा रहेको राहत शिक्षक समितिले जिल्लास्थित प्रत्येक समूदायिक विद्यालयमा रहेका राहत शिक्षकहरुको हक र अधिकारको विषयमा बोल्दै आएको पाईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।