५८ औं श्रृङ्खला स्रष्टा चौतारी कार्यक्रममा साहित्यिक रचना वाचन



रेशम बि.क.
रोल्पा,१६ कार्तिक


महान जनयुद्वको समयमा विश्वमा रोल्पालीले फरक पहिचान बनाएका जिल्लाबासीहरुले फेरी साहित्यिक क्षेत्रमा पनि फरक पहिचान बनाउने उद्वेश्यका साथ प्रत्येक महिनाको स्रष्टा चौतारी साहित्यिक कार्यक्रम अन्तर्गत यस महिनाको ५८ औं श्रृङ्खला स्रष्टा चौतारी साहित्यिक कार्यक्रमको अवसरमा साहित्यकाहरुले आ–आफ्ना साहित्यिक रचनाहरु वाचन साहित्यिक कार्यक्रम बुधबार लिबाङमा सम्पन्न भएको छ ।

उक्त साहित्यिक कार्यक्रम राप्ती साहित्य परिषद् रोल्पा शाखाका अध्यक्ष कविता उपाध्यायको अध्यक्षतमा सञ्चालन भएको ५८ औं श्रृङ्खला स्रष्टा चौतारी साहित्यिक कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख एवम् साहित्यकार पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार डाक्टर डिजन भट्टराई,  अजय गुरुङ, डी.वी. टुहुरो,  मनोज ढकाल,लालकुुमार क्षेष्ठ,लिलु गिरी,  दामुर्सिफुल,  लोक आलोक,  नविन लोचन मगर,  काशिराम डाँगी, खेमबहादुर बुढामगर,  लोकेन्द्र सेन ‘सिम्पल कान्छा’, महेन्द्र महक, अशोक वली ‘परिवर्तन’, चन्द्रज्योती सुवेदी, दिलकुमारी बुढामगर, लगायतका सहभागीहरुले आफ्ना साहित्यिक रचना वाचन गर्नुभएको थियो ।

यस जिल्लामा राप्ती साहित्य परिषद् रोल्पाको २०६७ सालमा स्थापना गरिएको साहित्यिक संस्था हो । यो स्रष्टा चौतारी कार्यक्रम २०६९ सालदेखि निरन्तर रुपमा साहित्यिक कार्यक्रम योजना गरी स्रष्टा चौतारी जिल्लाका साहित्यकारहरुले मनाउँदै आएका छन् ।

यो स्रष्टा चौतारी साहित्यिक कार्यक्रममा प्रत्येक महिनाको १५ गतेका दिन विभिन्न साहित्यिक संस्थाहरुको आयोजनामा मनाउने गरिन्छ भने यस पटकको स्रष्टा चौतारी कार्यक्रम राप्ती साहित्य परिषद् रोल्पा शाखाको आयोजनामा सम्पन्न भएको हो । स्रष्ट चौतारीको अवसरमा नयाँ साहित्यिक रचनाहरु वाचन गर्नु नै यसको विशेषता हो । राप्ती साहित्य परिषद् संस्था २०३४ सालमा दाङमा स्थापना भएको संस्था हो । यो साहित्यिक संस्था राप्ती अञ्चालको सबैभन्दा जेठो साहित्यिक संस्था भएको रोल्पा शाखाका संस्थापक अध्यक्ष डी.वी. टुुहुरोले जनाकारी दिनुभयो ।

उहाँले राप्तीका पाँच जिल्लाहरुमध्ये रोल्पा जिल्लाको शाखा नै सक्रिय रुपमा अभियान सञ्चालन गरिहेको समेत कार्यक्रममा बताउनुभयो ।

यस कार्यक्रमले नयाँ साहित्यकारलाई साहित्यिक रचना गर्न उत्प्रेणा भएको छ भने पुराना साहित्यकारलाई सम्मानको वातावरण सिर्जना भएको समेत शाखाका संस्थापक अध्यक्ष टुहुरोले बताउनुभयो ।

रोल्पा जिल्लाले महान जनयुद्वको समयमा रोल्पाली जनताहरुले विश्वमा फरक पहिचान बनाएका जिल्लामा अब साहित्यिक क्षेत्रमा पनि फरक पहिचान बनाउन जिल्लाका साहित्यकाहरुले साहित्यि अभियानलाई तीव्रताका साथ आगडी बढाईरहेको छन् ।

आगामी ५९ औं स्रष्टा चौतारी साहित्यिक कार्यक्रम राप्ती साहित्य परिषद् रोल्पा शाखाले नै नै आयोजकको भूमिकाको जिम्मेवारी पाएको छ । उक्त श्रृङखला साहित्यिक कार्यक्रमा सहभागि भईदिनका लागि पनि राप्ती साहित्य परिषद् रोल्पा शाखाका अध्यक्ष कविता उपाध्यायले मंसिर महिनाको १५ गते ४ः०० बजे सहभागिताका लागि हार्दिक अपिल समेत कार्यक्रमा गर्नुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्