हावाबाट बिजुली, गाउँ नै उज्यालो



काठमाडौं । हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका वडा नम्बर ४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण भएको थियो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो ।

हावाबाट उत्पादन भएको बिजुली प्रयोग गर्न पाएपछि यहाँका बासिन्दा खुसी छन् । बिजुली आएपछि घर, कार्यालय र गाउँ नै उज्यालो भएका गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्