ओमप्रकाश गुप्ता , सिसहनियाँ । सिसहनियाँ उद्योग वार्णिज्य संघको पाँचौ वार्षिक साधारणसभा सिसहनियाँमा सम्पन्न भएको छ । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् दाङ जिल्ला उद्योग वार्णिज्य संघका अध्यक्ष नारायण भुसालको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै प्रमुख अतिथि भुसालले उद्यमशिलताको विकास भए मात्र देशको विकास हुने बताएका छन् । साथै उनले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङलाई बनाएरै छाड्ने बताएका छन् । यसका लागि सम्पूर्ण व्यापारी एक हुन पनि उनले आग्रह गरेका छन् ।
सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव इश्वरीप्रसाद अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमबहादुर चौधरीले प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष युवराजसेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको सभामा,राप्ती उद्योग वार्णिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल,गढवा उद्योग वार्णिज्य संघका अध्यक्ष रविलाल आचार्य,पुर्व जनप्रतिनिधि शिवा शर्मा, सिसहनियाँ उद्योग वार्णिज्य संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, पत्रकार ओमप्रकाश गुप्ता,स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) का अध्यक्ष प्रकाश विष्ट,प्रहरी चौकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्ल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।