बिदुर नगरपालिका वडा नम्बर ६ मुल्थलामा आईचर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
चैनपुरबाट सदरमुकाम बट्टारतर्फ आइरहेको बा २ ख ७९१० नम्बरको आईचर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सडक निर्माणको काम गर्ने मजदुरहरु सवार आईचर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आईचर सडकबाट एक सय मिटर तल झरेको हो ।
घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतक र घाइते सबै बाहिरी जिल्लाका काम गर्ने मजदुरहरु रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।