दैलेख अपहरण: श्रीमती जंगलमा भेटिइन्, अध्यक्ष शाही अझै अज्ञात



दैलेख । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

शाही दम्पत्ति आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अपहरणमा परेका थिए ।दैलेख घर भएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले इलालाई अपहरणकारीले बीच जंगलमा छाडेको र धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको जानकारी दिएका छन् ।

यद्यपि प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन । उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् । उनीहरुको खोजीका दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको थियो । शाहीको खोजी भइरहेको पनि प्रहरलिे जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्