भारतमा नयाँ नागरिकता संशोधन कानुनको देशव्यापी विरोध भइरहेको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार नयाँ दिल्लीस्थित रामलीला मैदानमा आयोजिर्त सभामा सहभागी हुँदैछन् ।
उनी भाजपाले आयोजना गरेर्को यालीमा सहभागी हुन लागेका हुन् । प्रधानमन्त्रीले कार्यक्रममा नागरिकता कानुनको बारेमा केन्द्रित रहेर विशेष सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
उनले दिल्लीमा हुन लागेको विधान सभा निर्वाचनलाई ध्यान दिएर सम्बोधन गर्न लागेको बताइएको छ । भाजपाको शनिबारको बैठकमा देशका हजार स्थानमा १० दिनभित्र्र याली गर्ने र नागरिकता कानुनबारे फैलिएको भ्रम तोड्ने निर्णय गरिएको थियो । बीबीसी
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।