पीपीएल चितवनको लगातार चौंथो जित




चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (पीपीएल) मा लगातार चौंथो जित निकालेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित चितवनले लगातार चौंथो जित निकालेको हो ।

चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो ।
विराटनगरका लोकेश बमले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै पुनित मेहेराले २४ तथा नोमन खानले १८ रन बनाए । चितवनका करण केसी र भुवन कार्कीले ३र३ विकेट लिए । रोहन मुस्तफाले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए । यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए । जितसँगै चितवन फाइनल नजिक पुगेको छ । शीर्ष स्थानको चितवनले ४ खेलमा अपराजित रहदै ८ अंक जोडेको छ । चितवनले अन्तिम खेलमा काठमाडौं गोल्डेन्ससँग खेल्नेछ ।

चार खेलमा २ अंक जोडेको विराटनगर चौंथो स्थानमा रहेको छ । हारसँगै विराटनगरको प्ले अफ सम्भावना कमजोर बनेको छ । अन्तिम खेलमा विराटनगरले बुटवल ब्लास्टर्ससँग खेल्नेछ । लिगको शीर्ष स्थानमा रहने टिम सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।

तस्बिर : पीपीएलको फेसबुक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्