आजदेखि लागु हुनेगरि इन्धनको मूल्य बढ्यो



सैघाली खबर
काठमाडौं,१६ कार्तिक

आजदेखि लागु हुनेगरि यन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले गएराती इन्धनको मुल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ बढेको हो । नयाँ मूल्यअनुसार पेट्रोल सय रुपैयाँ प्रतिलिटर पुगेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैया बढाइएको हो । यसैगरी खाना पकाउने ग्यास पनि महँगिएको छ । ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ ।

ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । यसै गरी डिजेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेलमा एक रुपैयाँ ५० पैसा बढेको छ । इन्यिन आयल कर्पोरेसन्सले नयाँ मूल्य तोकेपछि नेपालमा पनि वृद्धि भएको निगमले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्