स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा




स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा कार्यक्रम समन्वय वैठक आईतवार राप्ती गाउँपालिकामा आयोजना गरिएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजनामा स्थानिय स्तरमा वडा गतरुपमा जलवायु उत्थानशिल योजना तर्जुमाका लागी वडा स्तरीय संकटासन्नता क्षमता लेखाजोखा, लक्षित समुह छलफल गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा वडा गत रुपमा विपद तथा जलवायु उत्थानशिल योजना प्रस्तुत गरिएको छ । कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रको आगामी योजना तथा विपद तथा जलवायु उत्थानशिल योजनाबारे वातावरण विद साजन न्यौपानेले सहजिकरण गरे ।

स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माणगरि गाउँपालिकाको समग्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, जलवायु परिवर्तन अनुकुलनका क्रियाकलापहरुलाई योजनावद्ध ढंगमा कार्यान्वयन पु¥याउन सहयोग तथा सहजीकरण गरिने नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोद निरौलाले बताए ।

साथै योजनाले गाउँपालिकामा हुनसक्ने सम्भावित विपदबाट पूर्व तयारी, प्रतिकार्य तथा पुर्नलाभका क्रियाकलापहरु योजना, निर्माण तथा कार्यान्वयन पु¥याउन सहयोग तथा सहजीकरण समेत गर्ने नामसालिङ सामुदायिक विकास केन्द्रका शशाङ्क आचार्यले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्