५२ पुरूषमा एक्ली महिला मेकानिक सरु भन्छिन् : सकुन्जेल मोटरसाइकल नै बनाउछु (भिडियाे)



काठमाण्डौ उपत्यका, राजधानी अंझ भनौ देशकै केन्द्रबिन्दु याहाँका सडकमा दैनिक लाखौं सवारी साधन गुड्छन् ।

ठुला मालवाहक गाडीदेखी लिएर साना मोटरसाईकल स्कुटर सम्म । त्यति नै मात्रामा सवारी साधन मर्मतका लागी वर्कसपहरु प्नि सञ्चालित छन् । वर्कसपहरुमा प्राय पुरुष कामदारहरु भेटिन्छन् । तर काठमाण्डौको रातोपुलस्थित आशिष मोटर साइकल वर्कशपमा भने महिलाले मोटरसाईकल मर्मत गर्छिन् ।

उनि हुन् सरस्वती सुवाल । ग्राहकहरू माझ सरू भनेर चिनिने ४३ वर्षिया सरस्वती आफै मोटरसाइकल मर्मत सम्भार गर्छिन् । महिलाहरु बच्चा जन्माउने हुर्काउने, घरको काम गर्ने र सामान्य अफिसमा बसेर मात्रै काम गर्न सक्छन् भन्ने मानसिकतामा रहेको हाम्रो समाजका लागी परि आए महिलाले जस्तोसुकै काम गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेकी छिन् सरु ।

वि सं ३३ सालमा चितवनको नारायणघाटमा जन्मेकी सरस्वती परिवारकी जेठो सन्तान हुन् । उनका दुई बहिनी र एक भाइ छन् । उनले गाउँनजिकैको स्कुलमा ६ कक्षासम्म पढिन् । त्यसपछि घरको समस्याले गर्दा पढाइ रोक्न बाध्य भएको उनी बताउँछिन् । १३ वर्षको कलिलो उमेरमा पढाईतिर ध्यान दिनुपर्नेमा उनको ध्यान पैसातिर मोडियो ।

१८ वर्षको उमेरमा आफूखुसी रोजेर सुटुक्क बिहे गरेकी सरस्वती प्रेम विवाह गरेकी थिईन् । श्रीमानलाई पनि वर्कशपको काम आउने भएकाले त्यसैमा लगानी गरेको उनी बताउँछिन्। उनले पनि अर्काको काममा जान रूचि नभएपछि वर्कशपकै काम सिक्ने निधो गरिन्। विस्तारै सरस्वती बाइकका सरसामानसँगसँग परिचित हुँदै गइन् । अहिले उनि यो पेशामा लागेको १५ वर्ष भईसकेको छ ।

आमा संगै मेकानिक

काम भर्खरै सिक्दै गर्दा उनको पहिलो सन्तान छोरा जन्मिीयो श्रीमानको सहयोगी बनेर काम गर्दागर्दै केही सामान चिन्ने भईसकेकी थिईन् उनि । छोरा भएपछि त अब केही गर्न सक्दिनँ, बालबच्चा स्याहार्दै जिन्दगी जाने भयो भन्ने लाग्यो उनले भनिन् । तर भनिन्छ नि खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तै सरुलाई पनि बच्चाले काममा केही बाधा पारेन छोरा हुँर्कदै गयो उनले काम सिक्न भने छोडिनन् । काम सिक्ने कुरामा श्रीमानले पनि आफुलाई निकै सघाएको उनि बताउंछिन् । उनले आफ्ना अनुभव सुनाउंदै भनिन् । एकदिन भने बाइकको क्लचप्लेट बनाउन लाग्दा भाँचियो । म डराएं ’पछि उहाँले काम सिक्दा यस्तै त हो नि लाटी, नडरा, केही हुन्न,’ भन्नुभयो । त्यसपछि अझ उत्साह थपियो,’।

५२ जना पुरूषमा एक्ली महिला

बाइक बनाउनु केटा मान्छेले मात्र गर्नसक्ने काम ठानेकी उनमा छोरी मान्छेले पनि सक्दा रहेछन् भन्ने आत्मविश्वास उनिमा बढ्दै गयो । त्यसपछि उनले श्रीमानकै सल्लाहमा बालाजुमा रोयल इन्फिल्डका बाइक बनाउनले तालिम लिन गइन् । ’तालिममा ५२ जना पुरूष थिए । उनि एक्ली महिला थिईन् । तर उनले हिम्मत हारिनन् ।

जसको प्रतिफल उनि अहिले आफ्नै वर्कशपमा काममा व्यस्त हुन्छिन् । वर्कसपका कामदारलाई पनि उनी आफैंले काम सिकाउंछिन् । उनका श्रीमान् कहिले वर्कशपमा बस्छन् त कहिले बाहिरी काममा जान्छन् । उनीहरूको एक छोराका साथै सानी छोरी पनि छन् । सरस्वतीले काम सिक्ने बेला काठमाडौंमा वर्कशपहरू धेरै थिएनन् । राम्रो कमाइ हुन्थ्यो । ‘पहिलेजस्तो चल्दैन । तर सकुन्जेल मोटरसाइकल नै बनाउने उनको अठोट छ । भन्छिन् छोराछोरीको सहयोग लिएर भएपनि यहि काम गर्छु ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्