एएफसी अण्डर नाईन्टिन फुटबलमा नेपालले बहराईनको सामना गर्दै



सैघाली खबर
काठमाडौं,१६ कार्तिक

एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा आज नेपालले बहराईनको सामना गर्दैछ ।पहिलो खेलमा आयोजक कीर्गीस्तानसँग २–० ले पराजित नेपाल आजको खेल जित्ने प्रयासमा हुनेछ । तर बहराईन विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन ।यो खेलमा पराजित भएको खण्डमा नेपालको छनोट यात्रा कठिन बन्नेछ । समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आगामी शनिबार युएईसँग खेल्नेछ ।पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्