राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ११ दल दर्ता



राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ११ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

माघ ९ गते हुने निर्वाचनका लागी निर्वाचन आयोगले एक विज्ञप्ति निकाल्दै जम्मा ११ वटा दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि निवेदन दिएको बताएको हो ।

दर्ता भएका दलहरूमा नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी नेकपा, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदूर किसान पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्