मुख्य समाचार

​यातायात मज्दुरद्धारा ब्यबसायीक सुरक्षाको माग

By थाहा अनलाइन

November 02, 2017

दिपक बोहरा दाङ,१६ कार्तिक

दाङका यातायात मजदुरहरुले सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल यातायात मज्दुर संघले आफ्नो ब्यबसायको सुरक्षाको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय दाङ, यातायात ब्यबस्था कार्यालय राप्ती, प्रदेश नंं ५ को प्रहरी मुख्यालय, जिल्ला प्रहरी कार्यालय दाङलगायत यहाँका राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएको हो ।

संघका केन्द्रीय उपमहासचिब भरत भट्टराईको नेतृत्वमा गएको टोलीले ब्यबसायी समिति वा कम्पनि मार्फत सम्पुर्ण यातायात मज्दुरलाई नियुक्तिपत्र लागु हुनुपर्ने, आधुरभुत पारिश्रमीक लागु गर्नुपर्ने, मजदुरहरुको पारिश्रमीकबाट ११ प्रतिसत कट्टी गरी सामाजिक शुरक्षा कोषमा सम्बन्धित मजदुरहरुको नामबाट दाखिला गर्नुपर्नेलगायतका माग राखी ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठलगायत सम्पुर्ण कार्यालयका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाईएको संघका जिल्ला सहसचिब घनश्याम डाँगीले जानकारी दिए । यसैबीच संघले बुधबार प्रदेश नं। ५ का प्रत्येक जिल्लाका सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाएको छ ।