उत्तम कुमार थापा, बझाङ । सेवाग्रही र सेवा प्रदायक बिच अन्तरक्रिया तथा खाद्य सुरक्षा सम्वन्धि कार्यक्रम गरिएको छ । बझाङ जिल्लामा रहेकाे एकीकृत बिकास मञ्च बझाङकाे आयाेजनामा सँस्था बाट सेवाग्राहि र सेवा प्रदायक बिच अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।
आज मष्टा गाउँपालीकाकाे सभाहलमा एकीकृत विकास मञ्च सँस्थाले बर्षभरि गरेका कार्यकाे बारेमा प्रस्तुत गर्दै सेवा लिनु भएका जनसमुदायहरु विचकाे बिकास बारे चर्चा गरिएको हाे । सँस्थाले अहिलेसम्म गरेका प्रगति बिवरणा बारे सँस्थाका जिल्ला काेडिनेटर भरत अधिकारीले प्रस्तुत गर्नुभएको थियाे ।
अधिकारीले प्रश्तुत गरेको कार्यक्रममा एकीकृत मञ्च बझाङका उपाध्यक्ष धर्मराज उपाध्यायकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि मष्टा गाउँपालीका अध्यक्ष कर्ण बहादुर कठायत बिशिस्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज जेठारा बिशिस्ट अतिथि रङ्गलाल सार्की लगाएत मष्टा गाउँपालीकामा गठित महिला कृषक समुहका पदाधिकारीहरु सुरक्षाक्रमी सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिय ।
एकीकृत विकास मञ्च बझाङकाे आयाेजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालीका कृषि शाखा र पशु साखाकाे बारेमा पनि प्रस्तुति राखेकाे थियाे । कार्यक्रममा रेडियो जनमुखी एफएममा कार्यरथ पत्रकार उत्तम कुमार थापाले सेवा लिने र दिने विच सेवाकाे बारेमा प्रश्न उतर साेध्नुका साथै सेवाग्राही केशव बहादुर सिहले सँस्थाले सबै काम राम्रो गरेकाे र सँस्था लागुभएपछी खानेपानी देखि सिचाइ टेङ्की पाएकाे उनको भनाइ छ ।
अर्का सहभागी कैलाश देवि सिहले भने, एकीकृत बिकास मञ्चले तरकारी टर्ने दिएको र सिचाइ पनि उपलब्ध गराएकाे बताउदै सँस्थाकाे सहयाेगले तरकारी बाट ठुलाे अाम्दानी गरेको सिहकाे भनाईछ। यस सँस्थाले गर्दा समुदायहरुमा बिकास अगाडि बढ्नुका साथै महिलाहरूमा क्षेमताकाे बृद्धी भएको सेवाग्राहीले बताउनुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।