ओमप्रकाश गुप्ता
सिसहनियाँ । कानुनी परामर्श तथा महिला हिंसा न्युनीकरण सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिका ५ सिसहनियाँमा सम्पन्न भएको छ । अष्ट्रिेलियन एड, कारितास अष्ट्रिेलिया, कारितास नेपालको सहयोगमा मिलाप कृषि सहकारी संस्था मौरीघाट र बगर कृषि सहकारी संस्था सिसहनियाँको आयोजनामा नेपाल जिविकोपार्जन उत्थाशिल कार्यक्रम अन्तर्गत बालबालिका तथा युवा सशक्तिकरण एवम् आईपिएम परियोजना अन्तर्गत सो कार्यक्रम भएको हो ।
बगर कृषि सहकारी संस्थाकी अध्यक्ष करमकाशी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी परापर्श अधिवक्ता हरि पोख्रेल र महिला हिंसाका बारेमा अनु चौधरीले सहजीकरण गरेकी थिइन् । युवा क्लव र आईपिएम समुहका ३० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बगर कृषि सहकारी संस्थाका सचिव दलबहादुर घर्तीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।