आलटालमै गुज्रिन्छ म्याद



गिरिराज नेपाली
दाङ, १६ कार्तिक । जिल्लाका निर्माणाधिन पुल र सडक निर्माणका लागि पटक पटक म्याद थप गरी पटक पटक म्याद सकिन्छन । तर निर्माणाधिन योजनाहरु कहिले सकिदैनन । पहिलो पटकको सकिएको म्यादमा जति काम भएका थिए अन्तिम पटकको म्याद सकिदा पनि उस्तै अवस्थामा छन । २०७१ साल भदौ ११ निर्माण सुरु गरी २०७२ साल असार २५ गते निर्माण सम्पन्न भइसक्नु पर्ने घोराहीका कटुवाखोला पुल लगातार ३ पटक म्याद थप गरी निर्माण गर्दा पनि अझै सम्पन्न भएको छैन । ०७२ असार २६ गतेदेखी ०७३ असोज १० गते हुदै ०७४ असोज १० नाँघिसक्दा समेत उही विजोगमै छ । निर्माण कम्पनीले निर्माणका वर्षेनी म्याद थप गर्दै अल्झाउदै गरेका निर्माणाधिन पुल कहिले पुरा होला ? भन्ने चाँसोको विषय पनि वनेको छ । करिव ४ करोड १० लाख रुपैयाको लागतमा शंकरमालि निर्माण सेवा जेभी निर्माण कम्पनीले निर्माण सुरु गर्न लागेको उक्त पुलको पौने २ करोड रुपैयाले निकासा पाइसकेको छ । तर खर्चका निकासाका आधारमा भने अझै अधुरै रहेका सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

शंकरमालि निर्माण सेवा जेभी निर्माण कम्पनीले ०७१ साल असोज १० गते वाट निर्माण सुरु गरी ०७२ असार २५ गते निर्माण सम्पन्न गर्ने गरी चार करोड, ३६ लाख, ५३ हजार, ३ सय ८१ रुपैयाको लागतमा निर्माण सम्झौता गरी निर्माण सुरु पत्रेखोला पुल निर्माण ४ वर्षमा बितिसक्दा समेत उस्तै अवस्थामा छ । ०७२ असार २६ देखि ०७३ असोज १० सम्म सार्दै ०७४ भदौ ९ गतेको म्याद थपको समय सकिदा समेत निर्माणको काम उही अवस्थामै छन । लगातारको म्याद थप संगै एक करोड, ३६ लाख, ७५ हजार रुपैया उक्त योजनाले भुक्तानी पाइसकेको छ ।

घोराहीको १४ सय मिटर ६ लेन सडकको हालत पनि उस्तै रहेको छ । लगातर ३ पटक सम्मको म्याद थपको समय सकिनै लाग्दा पनि उक्त सडक विजोग उस्तै छ । ०७१ भदौ ११ देखि निर्माण सुरु गरी ०७२ असोज ३० गते सम्पन्न भइसक्नु पर्ने भए पनि ०७३ पुरै र ०७४ कार्तिक ३० गतेको अन्तिम म्याद सकिदै छ । कान्छाराम शंकरमाली निर्माण कम्पनी ११ करोड, ६४ लाख, १२ हजार, ६ सय ५३ रुपैयाको लागतमा निर्माण हुन लागिएको उक्त सडक ५ करोड, ५५ लाख, ५८ हजार, ९ सय, ६८ रुपैया भुक्तानी भईसकेको छ । 

त्यस्तै तुलसीपुरमा ७ सय मिटर ६ लेन सडक पनि उस्तै छ । ०७१ असार ३२ गते निर्माण सुरु गरी ०७२ असोज ३० गते निर्माण सम्पन्न भई सक्नु उक्त सडक ४ पटक म्याद थप गरी निर्माण गरी सक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । ५ करोड, ४७ लाखको लागतमा निर्माण हुन लागिएको उक्त १ करोड ७६ लाख रुपैया भुक्तानी पाईसकेको छ । जिल्लाका ठुलो रकमको ठुला योजनाका रुपमा देखिएका यि योजनाहरु वर्षेनी म्याद थप गर्दै समय टार्दै गरेकाले योजना निर्माण अस्तव्यस्त बनेका छन ।

राहात भन्दा आहात बढि

नागरिकहरुको सुविधा र सहजताका लागि निर्माण गर्न लागिएका योजनाहरुले नागरिक लाई आहात पु¥याएको छ । वर्षाै सम्म निर्माणाधिन योजनाहरु सम्पन्न हुन नसक्दा सवारी आवगमन संगै स्थानिय हिड्डुल गर्नमा निकै समस्या भएको घोराही १४ का स्थानिय सनत गिरीले बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘ धुलाम्मे सडकले पैदल हिड्न सकिदैन । ’वर्षातले हरिविजोग बनायो । पटक–पटक म्याद थपेर निर्माण हुन्छ । भन्नेर भने पनि अहिले सम्म थपिएका म्याद धेरै सकिए तर एउटा पनि योजना सकिएका छैन । जसका कारण जनताले विकासका नामा धेरै आहात खेपेको उहाँले बताउनुभयो । विकासले दङगाली लाई राहात होईन आहात दिएको छ । तर सम्वन्धीत सरोकारवालाहरु मौन देखिन्छ । ठेकेदारले नागरिकको कुरै सुन्दैनन ।

निर्माण कम्पनीको चरम लापरवाही

निर्माणाधिन योजना चरम लापरवाहीका कारण निर्माणधिन योजनाहरु म्याद थप गरेर सम्पन्न गर्न प्रयास गरे पनि अझै अस्तव्यस्त रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले पटक– पटक म्याद थप गर्दै निर्माण कम्पनी लाई सहजता थपे पनि ठेकेदार कम्पनीहरुले लापरवाही गर्दा योजनाहरु अलपत्र परेको उहाँले बताउनुभयो । कानुनी प्रावधान अनुरुप म्याद थप गरे निर्माणाधिन योजनाहरु सम्पन्न गर्ने डिभिजनले प्रयास गरे पनि म्याद थपलाई ठेकेदार कम्पनीहरुले समय विताउने खेल बुझेकाले यस्तो समस्या देखिएको बताउनुभयो । बारम्बार निर्माणका लागि सम्वन्धीत कम्पनीहरुलाइ खबरदारी गर्दा समेत निर्माण कम्पनीहरुले अटेर गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–म्याद नाघेकाहरुका हकमा कार्यालयले सार्वजानिक सुचना सहितको निर्माण ढिलाईका कारण भएको क्षतिपुर्ति सम्वन्धीत निर्माण कम्पनीहरु असुली गरी नयाँ सम्झौता आह्वान गर्न सकिने छ । कटुवा खोला देखी करिव शहिद गेट सम्मको ६लेन सडक विस्तार पछिल्लो समय तिव्रता लिए पनि निर्धारित समयमा सम्पन्न नहुने उहाँले बताउनु भयो ।

पैसा काम रोकियो ः निर्माण कम्पनी

निर्माण काम सुरु गरे पनि निर्माण सम्पन्न गरे अनुसारको कार्यालयले भुक्तानी नदिदा निर्माणको काम रोकिएको निर्माण कम्पनीहरुले बताएका छन । कान्छाराम शंकरमाली निर्माण सेवाका डिबि कार्कीले समयमा कार्यालयले भुक्तानी दिन नसक्दा निर्माणका काम अलपत्र परेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्माण पुरा भएको आधारमा कार्यालय वजेट निकासा नगरेकाले काम रोकिएको हो । ’ जतिखेर गरेको कामको पैसा पाउछौ त्यतिखेर वाटै काम सुरु गर्छाै । निर्माण कम्पनीले आफै लगानी गरेर निर्माण सम्पन्न गर्न सक्ने नभएकाले निर्माणका योजनाहरु म्याद थप गर्दै सार्नु परेको उहाँले बताउनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्