काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । मध्यान्ह १२ बजे मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा दिउँसो ३ बजे थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । दुवै खेल दशरथ रङ्गशालामा हुनेछ ।
यसअघि हिजोको खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिमले १-१ गोलको बराबरी खेलेका छन् । जारी लिगमा शेर्पाको यो लगातार दोस्रो बराबरी हो ।
खेलमा हिमालयन शेर्पाको लागि त्रिदेभ गुरुङले पहिलो गोल गरेपनि एपिएफका प्रविन कुमार स्याङतेनले बराबरी गोल गर्न सफल भए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।